मलेसियामा काेराेनाकाे कारण शुक्रबार १ जनाकाे मृत्यु, मर्नेको सङ्ख्या ९६

everest kitchen
मलेसियन स्वास्थ्यमन्त्रालयका महानिर्देशक दातु नुर हिशम

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९६ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९६ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ५ हजार ६९१ जनामा संक्रमण देखिएकाेमा ३ हजार ६६३ जनाले स्वास्थ्य लाभ गरेका छन । ४१ जना गम्भीर बिरामी रहेका छन भने शुक्रबार थप ८८ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा मलेसियामा केहि स्थिर सुधार रहेकाे तथ्यांकले जनाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ९१ हजार ४२२ रहेकाे छ भने संक्रमितको सङ्ख्या २७ लाख ३६ हजार १७३ जनामा संक्रमण रहेकाे छ । ७ लाख ५१ हजार ७९५ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ४८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १० जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।