बेलायतले १४ वटा चार्टर विमान भारत पठाउने

everest kitchen

ऐजेन्सि । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ ।

करिब ३ हजार ६०० जना बेलायतीलाई स्वदेश लैजाने बेलायतले तयारी गरेको हाे । हाल भारतमा रहेका वेलायतीहरुलाई स्वदेश फर्काउन यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाइने बताइएको छ ।

भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका बेलायत सरकारले जनाएको छ ।

आवेदन गरेका सम्पूर्ण नागरिकलाई स्वदेश पर्काउने वातावरण सरकारले मिलाउने बेलायत सरकारले जनाएको छ ।