लकडाउनकाे नयाँ तवरतरिकाका बारे आज छलफल र निर्णय हुने

everest kitchen
photo file

काठमाडौं । एक महिनादेखि जारी लकडाउनको अबको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक आज बस्दैछ ।

शनिबार बिहान  ११ बजे सिंहदरबारमा बस्ने बैठकले लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने विषयमा छलफल गर्नेछ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनको नयाँ मोडालिटीबारे छलफल गरी प्रस्ताव ल्याउन उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका थिए ।