मुनिल सप्लायर्स द्वारा कलैया उपमहानगरका ७० घर परिवारलाई राहत बितरण

everest kitchen

कृष्ण गुप्ता

बारा । बाराकाे कलैया स्थित मुनिल सप्लायर्स द्धारा कलैया उपमहानगरपालिका वडा नम्बर-२३ का ७० घरधुरीलाई राहत वितरण गरिएकाे छ ।

शनिबार कलैया उपमहानगरपालिका वडा-२३ भतौडामा रहेकाे मुनिल सप्लायर्सले गाउँ भरि ७० घर धुरीलाई राहत बितरण गरेकाे हाे । अति बिपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर , असहाय जनतालाई भोकमरीको शिकार हुनबाट बच्न प्रत्येक घरधुरीलाई खाधान्न उपलब्ध गरिएकाे सप्लायर्सका निर्देशक अनिल गुप्ताले बताए ।

लकडाउन अबधिभर अझै थप समस्या पर्ने देखिएकाेले त्यस्ताे अवस्थामा अति बिपन्र र दैनिक ज्यालादारी गर्ने मजदुरकाे परिवारमा खाध्यान्न अभाव हुनबाट बचाउने आफुले प्रयास गर्ने सप्लायर्सका निर्देशक अनिलले बताए ।