काेराेना प्रभावित क्षेत्र भुल्केमा मुख्यमन्त्री राईकाे भ्रमण

everest kitchen
Photo:purnabristi

काठमाडौं । नेपालकै सबैभन्दा बढि काेराेना प्रभावित क्षेत्र उदयपुरको भुल्केमा मुख्यमन्त्री राईकाे भ्रमण गरेका छन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले भुल्के लगायतका क्षेत्रकाे भ्रमण गरेका हुन ।

शनिबार हेलिकप्टरबाट उदयपुरको भुल्केमा पुगेका मुख्यमन्त्री राईले स्थानीय क्वारेन्टाइन तथा स्थानीयकाे अवस्था बारेकाे बुझेकाे बताएको छ ।

साथै उनले सामाजिक दुरि कायम गर्दै स्थानीय केहि पत्रकारहरुसंग कुराकानी गरेका थिए । पत्रकारसंग कुरा गर्दा बांसकाे भाटामा माईक राखेर करिब डेढ मिटरकाे दुरि कायम गरि राईले अन्तरवार्ता दिएपछि उक्त फाेटाे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिएकाे छ ।