सुदुरपश्चिमेेेेली नेपाली समाज पेनाङ मलेसियाद्धारा खाध्यान्न अभाव भएका नेपालीलाई खाध्य सहयोग

everest kitchen

क्वालालम्पुर । कोरोनाको माहामारीलाई नियन्त्रण गर्न मलेसियन सरकारले लागु गरेको आवागमन नियन्त्रण आदेश (एमसिओ) र नेपालकाे लकडाउनकाे कारण घर जान नपाएर खाध्यान्न अभाब झेलेका ५ जना नेपालीलाई शुदुरपस्चिमेेेली नेपाली समाज क्षेत्रिय समिति पेनाङले खाध्यान्न सहयोग गरेकाे छ ।

मलेसिया स्थित पेनाङ राज्यको अकोमा केबल एण्ड मेटल कम्पनीमा काम गर्दै आएका सन्जीब कुमार शाह, दयानन्द चऔधरी, राजबुल महमद, नेब बहादुर खत्री र हिरा सिंह कम्पनीको कन्ट्राक सकिए पछि अप्रिल ३ तारीख नेपाल जाने तयारीमा थिए । तर मलेसियालृ जारि गरेकाे एमसिओ र नेपालले लागु गरेकाे लकडाउनका बिच हवाई उडान बन्द भएपछि उनीहरु राेकिएका थिए । उनीहरुका अनुसार घर जाने भनेपछि खर्चसमेत नराखेकाे अवस्थाले गर्दा खाध्यान्न आभाब भएको हाे ।

खाध्यान्न अभाब झेलीरहेको उनिहरुलाई आज दोउसो शुदुरपस्चिमेली नेपाली समाज क्षेत्रिय समिति पेनाङका बहृष्ठ उपाध्याक्ष दिपकराज जोशीले राहत बितरण गरेको रमेश सिंह ऐरले जानकारी दिए ।