दाङमा पनि काेराेना जाँचकाे लागि पिसिआर मेसिन जडान

everest kitchen
साङ्केतिक फाेटाे

दाङ । दाङमा पनि पिसिआर प्रबिधिबाट काेराेना परिक्षण सुरु भएकाे छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घाेराहिमा याे प्रबिधिकाे सुरुवात गरिएकाे हाे ।

शुक्रबार देखि पिसिआर बिधिबाट स्वाब परिक्षण सरु गरिएकाे प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले बताइन् । उनका अनुसार उक्त मेसिनले एकैपटक ८० जना सम्मकाे जांच गर्न सक्छ ।

याे संगै पाँच नम्बर प्रादेशभरि भैरहवा, नेपालगञ्ज र दाङमा गरि तीन स्थानमा काेराेना परिक्षण प्रयोगशाला स्थापना भएकाे छ ।