राष्ट्रिय आविष्कार केन्द्रले बनायो काेराेनाका बिरामी रेखदेख गर्ने राेबाेट

everest kitchen


काठमाडौं । डाक्टर महाबिर पुनले स्थापना गरेकाे राष्ट्रिय आविष्कार केन्द्रले काेराेना बिरामी उपचारमा प्रयाेग हुने राेबाे् बनाएको छ ।

आईतवार संस्थापक पुनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै यसकाे जानकारी दिएका हुन । उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रमा बनेको उक्त राेबाेट झट्ट हेर्दा यो रोबोट जस्तो देखिदैन तर यसले कोरोनाको बिरामीहरुलाई खाना र औषधीहरु पुर्याउने राम्रो काम गर्छ । याे नेपालकाे यस्ताे किसिमको पहिलो रोबोट हाे ।

आविस्कार केन्द्रका अनुसार यसको प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुन्छन । यो रोबोटको बिकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन जति लागेकाे थियाे । यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले दिएको हो भने अन्य पार्ट पुर्जाहरुको मात्र मोटामोटी खर्च ७५ हजार रुपैंया जति लागेको बताएको छ ।

यो रोबोट आज नेपाली सेनाको कोरोना विशेष अस्पताललाई हस्तान्तरण गरिने पुनले बताए ।

यस्तै रोबोटको माग बि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बु बाट पनि आएकोले अब यस्तै अरु रोबोट बन्ने उनलेे बताए ।