सांसद अपहरणकाे उजुरी दर्ता नभएपछि भट्टराईकाे आक्राेस, ओलीतन्त्रकाे चिहान गहिरो

everest kitchen


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले ओलीतन्त्रकाे चिहान खनिएको बताएका छन ।

जनता समाजवादीले आफ्ना सांसद डा.सुरेन्द्र यादवलाई पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भनेर दिएकाे उजुरी महानगरीय प्रहरी परिसले दर्ता नगरेपछि भट्टराईले फेसबुकमा आक्राेश पाेखेका हुन ।

भट्टराईले भनेका छन “समाजवादीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण बारे देशको राजधानीमै अपहरण जस्तो गम्भीर मुद्दामा पूर्व प्रम/उपप्रम/मन्त्री( ८ जना ),वहालवाला सांसद ( ६ जना ),एक दर्जन वकिल र दर्जनौं पत्रकारको सामुन्ने पीडित पक्षले जाहेरी दिंदा ओलीतन्त्रले प्रहरीलाई नलिन आदेश दिनसक्छ र रोक्छ भने गाउँका कुनाकाप्चामा के हुँदो हो? भन्दै सरकार र प्रहरीको नियतमा भट्टराईले शंका गरेका छन ।

यस बिषयमा पत्रकारकाे प्रश्नमा परिसर एसएसपी श्यामलाल ज्ञवालीले भने “उजुरी दर्ता गर्न जरुरी नलागेकाे र घटना महाेत्तरिमा भएकाे उल्लेख भएकाेले उतैबाट उजुरी दर्ता गर्न भनेकाे उनलेे बताए ।