उपाध्यामाथिकाे आरोपपत्रमा एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद मागदाबी

everest kitchen

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा प्रहरीले पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ ।

उपाध्यालाई जिल्ला अदालत काठमाडौंमा दायर आरोपपत्रमा एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद मागदाबी गरिएको छ । नजिबुल्लाह अन्सारीले गृह मन्त्रालयमा दिएको निवेदनका आधारमा उपाध्यायमाथि मुद्दा प्रक्रिया अघि बढाईएकाे जिल्ला अदालत स्रोतले बताएकाे छ । यधपी  अन्सारी को हुन् र उपाध्यायले सामाजिक सञ्जालमा के लेखेका कारण उनी पीडित भए भन्ने बारे खुलाईएकाे छैन ।

पूर्वसचिव उपाध्यायसहित ११ जना संलग्न भएको भनी निवेदन परे पनि प्रहरीले भने उपाध्यालाई मात्रै मुद्दा चलाएकाे हाे ।