काेराेना: विश्वभरि दुई लाख बढिको मृत्यु , संक्रमितको सङ्ख्या ३०लाखबढि

everest kitchen
photo :file

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ७ हजार ९४ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर ३० लाख ३हजार ३५२ बढीमा देखिएकाे संक्रमणमध्य ८ लाख ८२हजार २६७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ५५ हजार ४१५ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ९ लाख ७ हजार २३२ जनामा संक्रमण देखिएकाेमा ८ लाख १३ हजार १२६ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २६ हजार ६४४जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ९७ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ७ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख ३६ हजार ६२९मा काेराेना संक्रमित हुदा २३ हजार १९०जनाले ज्यान गुमाएका छन । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३२ रहेको छ भने ७३५ जना उपचाररत छन ।

फ्रान्समा २२ हजार ८५६ र युकेमा २० हजार ७३२ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म ५२ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।