भरतपुर कोरोना विशेष अस्पताल कर्मचारीहरुले नै सामान चोरेेकाेे आराेप

everest kitchen

काठमाडौँ । चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुले नै सामान चोर्ने गरेको गम्भीर आरोप लागेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा सामान चोरी गरेको भिडियो भन्दै अहिले अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

कोरोना आशंका गरिएका र संक्रमित बिरामीको उपचारका लागि स्थापना गरिउको कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडिओ बाहिरिएको हो ।

भिडिओमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिन्छ ।

अस्पतालभित्र रहेको पङ्खा, मास्क, स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानीछानी उठाएर प्याक गरेको भिडिओमा देखिन्छ । सामान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको देखिन्छ । केही समयपछि अँध्यारो कोठामा मोबाइलको उज्यालोको सहारामा तीन जना नै प्रवेश गरेर पोका बनाएर राखेको सामान तीनै जनाले उठाएर लगेको भिडिओमा देखिन्छ ।

छानबिन समिति गठन
रातको समयमा अस्पतालबाट कर्मचारीहरुले सामान बाहिर लागेको भिडिओ बाहिर आएपछि छानबिन गर्न समिति गठन गरिएको छ । सोमबार बसेको कोरोना अस्पताल कार्यदलको बैठकले घटनाको छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक एक जना प्रतिनिधि रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । उद्दारन्युुज