काेराेना: विश्वभरि २लाख बढिको मृत्यु , अमेरिकामा १० लाख १० हजार बढि संक्रमित

everest kitchen
तस्बिर : राेर्यटस

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ११ हजार ९६१ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर ३० लाख ७७हजार १३३ बढीमा देखिएकाे संक्रमणमध्य ९ लाख २५हजार ९०१जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ५६हजार ८३०जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म १० लाख १० हजार ५०७ जनामा संक्रमण देखिएकाेमा ८लाख १४ हजार ५४२ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २६ हजार ९७७ जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ९९ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ५ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख २९ हजार ४१२ मा काेराेना संक्रमित हुदा २३ हजार ५२१ जनाले ज्यान गुमाएका छन । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३३ रहेको छ भने ६४८ जना उपचाररत छन ।

फ्रान्समा २३ हजार २९३ र युकेमा २१ हजार ९२ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म ५४ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।