नागढुंगामा आधुनिक डिस्ईन्फेक्सन टनेल

everest kitchen


काठमाडौं । काेराेना प्रकाेप भएसंगै काठमाडौंकाे मुख्य नाका  नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण हुने भएको छ । सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गर्न लागेको हो ।

काठमाडौंमा विजुली बस चलाइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले डिस्इन्फेक्सन टनेल निर्माणका लागि संघ सरकार र स्थानीय चन्द्रागिरी नगरपालिकाबाट अनुमति पाइसकेको बताए ।

यस्तो टनेल निर्माणपछि काठमाडौं भित्रिने सवारीलाई नाकामा नै निसंक्रमण गरिनेछ । ‘मंगलबारबाट निर्माण सुरु भएकाे टनेल तीन/चार दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

टनेलको सञ्चालन स्थानीय प्रहरीले गर्ने सहमति भएको छ । निसंक्रमणमा आवश्यक पर्ने पानी विजुली, बत्ती र सुरक्षाात्मक उपकरणको स्थानीय तहले नै व्यवस्था गर्नेछ ।