बलिउड अभिनेता इरफान खानकाे निधन

everest kitchen


मुम्बई । बलिउड अभिनेता इरफान खानकाे बुधवार निधन भएकाे छ । अभिनेता इरफान खानलाई मंगलबार पेटमा समस्या देखिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

उनकाे ५४ वर्षीय अभिनेता को मुम्बईकाे कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमले जानाएका छन । उनकाे सन२०१८ मा क्यान्सरको उपचार गरिएकाे थियाे । उनी न्यूरो इंडोक्राइन ट्यूमर नामक बिरामी थिए ।

केहि दिन अघि ८५ बर्षिया ईरफानकी आमाकाे जयपुरमा निधन भएकाे थियाे । लकडाउनकाे कारण आमाकाे मृत्यु संस्कारमा उनी उपस्थिति हुन सकेका थिएनन ।

जयपुरका स्थायी बासिन्दा ईरफान सन १९३७ जनवरिमा जन्मिएका थिए। उनले भारतीय फिल्मि नगरिमा थुप्रै चलचित्रमा अभिनय गरेका छन । पछिल्लो समय उनले एक अङ्ग्रेजी फिल्म पनि अभिनय गरेका थिए ।