काेराेना प्रकाेप : विश्वभरि संक्रमित ३१ लाख ४० हजार बढि

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख १८ हजार ३० पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर ३१ लाख ४०हजार २९८ बढीमा देखिएकाे संक्रमणमध्य ९ लाख ५९ हजार ७११ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ५९ हजार २६६ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म १० लाख ३५ हजार ७६५ जनामा संक्रमण देखिएकाेमा ८लाख ३४ हजार २६१ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २७ हजार ३५९ जनाले ज्यान गुमाएका छन । ईटलीमा २ लाख बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ५ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख ३२ हजार १२८ मा काेराेना संक्रमित हुदा २३ हजार ८२२जनाले ज्यान गुमाएका छन । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३३ रहेको छ भने ६४७ जना उपचाररत छन ।

फ्रान्समा २३ हजार ६६०र युकेमा २१ हजार ६७८ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म ५७ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।