काेराेना : मलेसियामा बुधबार मर्नेकाे सङ्ख्या शुन्य, नयाँ संक्रमित ९४ जना

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या पनि ९४ जना रहेकाे छ । यधपी गत दुई दिनकाे तुलनामा संक्रमित थपिएका हुन ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०० रहेकाे छ । हालसम्म ५ हजार ९४५जनामा संक्रमण रहेकाेमा ४ हजार ७८ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख १८ हजार १८७ रहेकाे छ भने संक्रमितको सङ्ख्या ३१ लाख ४७ हजार ६२६ जनामा संक्रमण रहेकाे छ । ९ लाख ६१ हजार ८७१ जनाले स्वास्थ्य लाभ गरेका छन ।