श्रमिकहरूबाट उठाएकाे साढे पाँच अर्ब श्रमिककै उद्दारमा खर्च गर्नुपर्याे : भट्टराई

everest kitchen
परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालिसँग विश्वका विभिन्न देशका गैरअावासिय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूसँगकाे अनलाइन  अन्तर्क्रिया ।। फाेटाे:हरि भट्टराईकाे फेसबुक

कवालम्पुर । गैर आवसीय नेपाली संघका मलेसिया अध्यक्ष हरि भट्टराईले नेपाली श्रमिकहरू वैदेशिक राेजगारमा जाँदा श्रमिक काेषकाे लागि उठाएकाे झन्डै साढे पाँच अर्ब रकम अहिले प्रवासमा नेपाली श्रमिकहरू विपदमा परेकाे बेला उक्त रकम खर्च गरेर नेपाली श्रमिकहरूकाे उद्दार गर्नुपर्ने माग राखेका छन् ।

नेपाल स्थित परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालिसँग विश्वका विभिन्न देशका गैरअावासिय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूसँग अन्तर्क्रिया कार्यक्रम चलाएकाे समयमा अध्यक्ष हरि भट्टराईले उक्त माग राखेका हुन् ।

कार्यक्रममा विदेश स्थित कुटनैतिक नियाेग, नेपाल राजदुतावासहरूकाे कार्यशैलि र प्रभावकारिताकाे बिषयमा पनि जानकारि लिईएकाे थियाे ।
विशेष गरि काेराेना भाइरसले विदेश स्थित नेपालिहरूकाे अवस्था कस्ताे छ र नेपाल सरकारले नेपालिहरूकाे बिषयमा के काम गर्न सक्छ भन्ने हेतुले उक्त कार्यक्रम गरिएकाे थियाे ।

एनअारएन मलेसियाका अध्यक्ष हरि भट्टराईले मलेसियामा मृत्यु भएका, भिषा सकिएका, कम्पनिले काम नदिएर अप्ठ्याराेमा परेका नेपालिहरूलाई तत्काल उद्दार गर्नुपर्नेमा जाेड दिएका थिए । ‘एउटा नेपाली नागरिककाे नैसर्गिक अधिकार पनि हाे अाफ्नाे घर फर्किन पाउने यसमा सरकारले साेच्न जरूरि छ’ भट्टराईकाे भनाई थियाे ।
मलेसियामा अहिले झन्डै डेढ महिना देखि अावागमन निषेध कानुन (एमसिअाे) चलिरहेकाे छ र सरकारले मे १२ सम्म याे निषेध जारि गरेकाे छ । समस्या यस्तै रहने हाे भने याे अझै लम्बिन सक्नेछ ।

मलेसियामा वैदेसिक राेजगारमा रहेका नेपालिहरू विशेष गरेर सर्भिस सेक्टरमा काम गर्नेहरू अहिले मारमा परेका छन् । एक त काम छैन त्यसमाथि राेजगारदाताले तलब पनि दिएकाे छैन ।