काेराेना प्रकाेप विश्व : विश्वभरि संक्रमित ३२ लाख २२ हजार बढि

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख २८ हजार २६९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५९ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर ३२ लाख २२ हजार ३१५ बढीमा देखिएकाे संक्रमणमध्य १० लाख ५ हजार ४४० जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ६१ हजार ६६९ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म १० लाख ६४हजार ५७२ जनामा संक्रमण देखिएकाेमा ८लाख ५५ हजार ४९२ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २७ हजार ६८२ जनाले ज्यान गुमाएका छन । ईटलीमा २ लाख ३ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ४ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख ३६ हजार ८९९ मा काेराेना संक्रमित हुदा २४ हजार २७५जनाले ज्यान गुमाएका छन । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३३ रहेको छ भने ६१९ जना उपचाररत छन ।

फ्रान्समा २४ हजार ८७ र युकेमा २६ हजार ९७ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन । युके मर्नेकाे सङ्ख्यामा तेस्रो नम्बरमा रहेको छ ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म ५७ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।