मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १०२ पुग्याे

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०२ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १०२ पुगेकाे हाे । गएकाे बुधबार एक जनाकाे पनि मृत्यु भएकाे थिएन ।

हालसम्म मलेसियामा ६ हजार २जनामा संक्रमण देखिएकाेमा ४ हजार १७१जनाले स्वास्थ्य लाभ गरेका छन । बिहीबार सम्म ३६ जना गम्भीर बिरामी रहेका छन भने मङगलवार थप ५७ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा मलेसियामा केहि स्थिर सुधार रहेकाे तथ्यांकले जनाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २लाख २८ हजार ४०३ रहेकाे छ भने संक्रमितको सङ्ख्या ३२ लाख ३१ हजार ५४ जनामा संक्रमण रहेकाे छ । १० लाख ४ हजार ४४१ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ५७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १६ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।