मलेसियामा अवैधानिक विदेशिहरूलाई क्वारेन्टाईनबाटै पक्राउ गरिने

everest kitchen
वरिष्ठ मन्त्री तातुक सेरी इस्माईल साब्री याकोब photo:sinar

क्वालालम्पुर । मलेसियन सरकारले कडा आवागमन नियन्त्रण आदेश (ईएमसिओ) क्षेत्रमा क्वारेन्टाईनमा रहेका अवैधानिक बिदेशीलाई पक्राउ गरि देश निकाला गर्ने भएकाे छ ।

काेराेना महामारी राेकथाम तथा नियन्त्रण गर्न मलेसियाले आवागमन नियन्त्रण आदेश (एमसिओ) लागु गरेकाे छ । तर केही विदेशीहरु बस्ने स्थानमा विदेशिहरूमा काेराेना भाईरस भेटिएपछि ती क्षेत्रहरुमा ईएमसिओ अर्थात कडा  आवागमन निषेध लागु गरि सबैलाई क्वारेन्टाईनमा राखेकाे थियाे । त्यस्ता क्षेत्रहरूमा अत्याधिक अवैधानिक विदेशि रहेकाे थाहा पाएपछि मलेसियन सरकारले क्वारेन्टाईन सकेपछि सिधै पक्राउ गर्ने तयारि रहेकाे मलेसियन सरकारका वरिष्ठ मन्त्री तातुक सेरी इस्माईल साब्री याकोबले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई बिभिन्न ११ वटा कारागारमा राखिने र व्यवस्थापन पछि तुरुन्तै डिपाेर्ट गरिने उनलेे मलेसियन सञ्चारमाध्यमहरुलाई जनाएको “सिनार हरियन” ले उल्लेख गरेकाे छ ।