भद्रगोलका बेल्वासे सुवास कार्कीलाई काेराेना

everest kitchen


काठमाडौं । हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ ।

झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की हालै कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएका हुन् ।कोभिड १९ पुष्टी भएपछि सुवास हाल लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा छन्। उनी झण्डै २ बर्षदेखि लण्डनमा कन्सियर्ज (सुरक्षासम्बन्धि काम) काे काम गरिरहेका थिए ।

लण्डनमा कोरोना संक्रमण फैलिन थालेपछि कतिपय साथीभाई नेपाल फर्के पनि आफु नेपालको तुलनामा लण्डनमा राम्रो उपचार हुने ठानी उतै बसेकाे उनि निकट साथिहरुले बताएका छन ।

उनी बिरामी परेपछि उनलाई सामाजिक सञ्जालमा स्वास्थ्य लाभकाे कामना गर्नेहरु टन्नै छन ।