मलेसियामा ४ हजार बढिकाे काेराेना उपचार ,१ हजार ७५८ जना उपचाररत

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०३ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १०३ पुगेकाे हाे । गएकाे बिहीबार २ जनाकाे पनि मृत्यु भएकाे थियाे ।

हालसम्म मलेसियामा ६ हजार ७१ जनामा संक्रमण देखिएकाेमा ४ हजार २१० जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म ३७ जना गम्भीर बिरामी रहेका छन भने शुक्रबार थप ६९ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा मलेसियामा केहि स्थिर सुधार रहेकाे तथ्यांकले जनाउछ ।

मलेसियामा अझै १ हजार ७५८ जना उपचाररत रहेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २लाख ३४ हजार २७९ रहेकाे छ भने संक्रमितको सङ्ख्या ३३ लाख १९ हजार ८५६ जनामा संक्रमण रहेकाे छ । १० लाख ४८ हजार ८०७ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १६ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।