नेकपा सचिवालय बैठक बस्दै , नेताहरू आफुनिकट छलफलमा

everest kitchen


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि “नेकपा”काे सचिवालय बैठक शनिबार अपरान्ह चार बजे बस्ने भएकाे छ । अध्यादेश प्रकरणपछिकाे नेकपा भित्रकाे विवाद सामाधानकाे लागि बैठकले निर्णय लिने बताएको छ ।

यसअघि गत बुधबार बसेकाे सचिवालय बैठकले बैशाख -२० गते शनिबारकाे मिति तय गरेकाे थियाे । बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए , भने वरिष्ठ नेता माधव कुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्षमा प्रस्ताव गरेका थिए ।

आज हुने बैठकमा कसरि जाने भन्ने बिषयमा श्रीष नेताहरूले आफु निकट दाेस्राे तहका नेताहरुसंग छलफल जारि गरेका छन । प्रधानमन्त्री ओली एकलौटी चलेकाे भन्दै असन्तुष्ट नेताहरु प्रचण्ड, माधव नेपाल र बामदेव समूह ओलीविरुद्ध एकजुट भएपछि नेकपामा नयाँ तरंग उत्पन्न भएकाे छ ।

यधपी नेकपा श्रीष नेताहरूले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पदबाट राजिनामा दिन दबाब दिएका थिए ।