नेकपामा तेस्रो अध्यक्ष नहुने, प्रधानमन्त्रीकाे दुई पद बारे स्थायी कमिटीमा

everest kitchen

विपेेन उलङगे

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे आज बालुवाटारमा बसेकाे सचिवालय बैठकले तेस्रो अध्यक्ष राख्ने प्रस्ताव खारेज गरेकाे छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत बैठकमा तेस्रो अध्यक्षकाे रुपमा माधव कुमार नेपाललाई प्रस्ताव गरेका थिए । उक्त प्रस्तावकाे स्वयं नेपालले अस्वीकार गरेपछि , याे बिषकाे अन्ते भएकाे पार्टि प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

नेकपाकाे सचिवालयले आगामी २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेकाे छ । उक्त स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीकाे दुई पद प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एकका बारेमा निर्णय गर्ने बताएको छ ।

त्यस्तै उपाध्यक्ष बामदेब गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने र गल्ती कमजोरीप्रती प्रधानमन्त्रीले आत्मआलाेचना गरेकाे प्रवक्ता श्रेष्ठले जानकारी दिए ।