काेराेनाकाे कारण मलेसियामा मर्नेको सङ्ख्या १०५ पुग्याे


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०५ पुगेकाे छ । आज अाईतबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १०५ पुगेकाे हाे । गएकाे बिहीबार २ जनाकाे पनि मृत्यु भएकाे थियाे ।

हालसम्म मलेसियामा ६ हजार २९८ जनामा संक्रमण देखिएकाेमा ४ हजार ४१३ जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म २७ जना गम्भीर बिरामी रहेका छन भने आईतवार थप १२२ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २लाख ४४ हजार ९८८रहेकाे छ भने संक्रमितको सङ्ख्या ३४ लाख ९८ हजार १५१ जनामा संक्रमण रहेकाे छ । ११लाख २६ हजार ७३३ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १६ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।