राहत नपाएपछि गाउँपालिका घेराउ

everest kitchen

काठमाडौं । पर्साकाे जीराभवानी गाउँपालिले राहत वितरण नगरेपछि स्थानीयहरुले गाउँपालिका घेराउ गरेका छन ।

गाउँपालिकामा बसाेबार गर्ने गरिब तथा विपन्न परिवारलाई अहिलेसम्म राहत उपलब्ध नगराएपछि वडा नम्बर १ का स्थानीयहरुले आइतबार गाउँपालिका घेराउ गरेका हुन् ।

जनता समाजवादी पार्टी लगायतका स्थानीय नेता कार्यकर्ताकाे नेतृत्वमा लकडाउनकाे कारण मारमा परेका परिवारहरु गाउँपालिका कार्यालय घेराउ गर्न पुगेकाे स्थानीय ऋष्ण गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार गाउँपालिकाले वडा नं २ मा बाहेक अन्य वडामा राहत वितरण अहिलेसम्म गरेकाे छैन ।