मलेसियामा विदेशि कामदारमाथि फेरि पनि धरपकड

everest kitchen

क्वालालम्पुर । क्वालालुम्पुर स्थित मस्जिद ईन्डिया क्षेत्रमा अाज अाईतबार पनि मलेसियन सरकारले विदेशि कामदारहरूमाथि धरपकड गरेकाे छ ।

काेराेना संक्रमण त्रासका कारण घर भित्रै थुनिएर बसेका विदेशि कामदारहरूमध्ये धेरैजसाे अवैधानिक रहेकाे अाशंकामा चेकजाँच गर्दा सयाैंकाे संख्यामा अवैधानिक विदेशिहरूलाई पक्राउ गरिएकाे हाे ।

जलान मस्जिद ईन्डिया, जलान तुंकु अब्दुल रहमान, जलान दाङवाङि, जलान अाम्पाङ लगायतका क्षेत्रलाई चारतिरबाट पहिलेबाट तारबारले घेराहालेर राखिएकाे थियाे ।

झन्डै १० हजार जना बसाेबास गर्ने साे क्षेत्रमा काेराेनाे संक्रमित अत्याधिक भेटिएपछि घेराउ गरिएकाे थियाे ।
मे १ तारिक पनि साे क्षेत्रबाट ५०६ जना अवैधानिक विदेशि पक्राउ गरिएकाे थियाे ।

स्राेत: मलेसिया अध्यागमन बिभागकाे आधिकारिक फेसबुक