काेराेना : विश्वभरि ३५ लाख ६७ हजारमा संक्रमण, मर्नेको सङ्ख्या करिब ढाई लाख

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ४८ हजार ३१२ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर ३५ लाख ६७ हजारमा देखिएकाे संक्रमित मध्ये ११ लाख ५७ हजार ९ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ६८ हजार ६०२ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ११ लाख ८८ हजार ४२१ जनामा संक्रमण देखिएकाेमा ९ लाख ४१ हजार २२५ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

त्यस्तै ईटलीमा हालसम्म २८”हजार ८८४ जनाले ज्यान गुमाएका छन, भने २ लाख १०हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख ४७ हजार १२२ मा काेराेना संक्रमित हुदा २५ हजार २६४ जनाले ज्यान गुमाएका छन ।

अमेरिका, ईटाली पछि धेरै मर्नेकाे सङ्ख्यामा संयुक्त राज्य युके तेस्रो स्थानमा रहेकाे छ । युकेमा हालसम्म २८ हजार ४४६ जनाले ज्यान गुमाएका छन । युकेमा १ लाख ८६ हजारबढिमा संक्रमण मध्ये १ लाख ५७ हजार बढिमा संक्रमण सक्रिय रहेकाे छ ।

फ्रान्समा २४ हजार ८९५ ले जनाले ज्यान गुमाउदा , १ लाख ६८ हजार बढिमा संक्रमण देखिएकाे छ । फ्रान्समा अझै ९३ हजारमा काेराेना संक्रमण सक्रिय रहेकाे देखिन्छ ।

सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३३ रहेको छ भने ४८१ जना उपचाररत छन ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म ७५ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।