काेराेना प्रकाेप: मलेसियामा साेमवार मर्नेकाे सङ्ख्या शुन्य, थप नयाँ संक्रमित ५५ जना

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज साेमबमर एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ५५ जना रहेकाे छ । यधपी गएकाे आईतवार दुई जनाको मृत्यु भएकाे थियाे ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०५ रहेकाे छ । हालसम्म ६ हजार ३५३ जनामा संक्रमण रहेकाेमा ४ हजार ४८४ जनाले स्वास्थ्य लाभ गरेका छन भने, “२८ जना गम्भीर बिरामी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ४८ हजार ४५२ रहेकाे छ भने संक्रमितको सङ्ख्या ३५ लाख ८० हजार २०२ जनामा संक्रमण रहेकाे छ । ११लाख ५९ हजार २१९ जनाले स्वास्थ्य लाभ गरेका छन ।

यस्तै मलेसियामा आज देखि एमसिओ खुकुलो पारिएकाे छ । एमसिओ खुकुलो भएसंगै रेष्टुरेन्ट , पसल , कारखाना, रेमिट्यान्सहरु सञ्चालनमा आएका छन ।

नेपालमा अहिलेसम्म ७५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १६ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।