विभिन्न दुई स्थानमा आगलागी हुदा लाखौंको क्षति

everest kitchen
foto file

विभिन्न दुई स्थानमा आगलागी हुदा लाखौंको क्षति । विभिन्न स्थानमा आगलागी हुदा लाखौंको क्षति भएकाे छ । डाेल्पा र महाेत्तरिमा आगलागी हुदा करिब २१ लाख बराबरको क्षति भएकाे हाे ।

डाेल्पाकाे जगदुल्ला गाउँपालिका-६ झ्याकोट बस्ने खगेन्द्र ऐडीको ३ तले कच्ची घरमा खाना पकाउने क्रममा आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा,नगद र सुनका गहना लगायत जलेर करिब १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै महोत्तरी, मटिहानी नगरपालिका-५ गौबरौला बस्ने सत्यनारायण महत्तोको गोठघरमा लामखुट्टे धपाउन बालेको आगोबाट सोमबार बिहान आगलागी हुँदा अन्नपात, साईकल १ थान र ज.१२ प ५६५६ नम्बरको मोटरसाइकल आंशिकरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।