मलेसियामा थप ६ जना नेपालीमा काेराेना संक्रमण

everest kitchen

 

क्वालालम्पुर । मलेसियामा थप ६ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएकाे । यो सहित मलेसियामा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हाे ।

यसअघि संक्रमित रहेका तीन जनाले स्वास्थ्य लाभ गरि सकेकाे बांकी ६ जनाकाे पनि स्वास्थ्य अवस्था सामान्य रहेकाे नेपाली दुतावास मलेसिया समाचार स्राेतले जानकारी दिएकाे छ ।

मलेसियन स्वास्थ्य मन्त्रालयका अनुसार काेराेनाका कारण हालसम्म १०५ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मलेसियामा ६ हजार २९८ जनामा संक्रमण देखिएकाेमा ४ हजार ४१३ जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियाले मे-४ देखि आवागमन नियन्त्रण आदेश एमसिओ खुकुलो पारेकाे छ ।