बेलायतमा फेरि एक नेपालीको काेराेनाकाे कारण मृत्यु

everest kitchen


लण्डन । बेलायतमा काेराेना संक्रमणबाट एक जना नेपालीको मृत्यु भएकाे छ । समाजसेवीकाे रुपमा चिनिएका नारायण कोन्मे गुरूङको साेमवार मृत्यु भएको हाे ।

पर्वत चारभञ्याङका गुरुङ पूर्व गोरखा सैनिक हुन । उनकाे घरमा श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन् । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आएका थिए ।

हालसम्म बेलायतमा कोरोनाका कारण ३५ जना नेपालीको मृत्यु भएको छ । बेलायतमा हालसम्म १ लाख ९० हजार संक्रमित हुदा २८ हजार ७३४ जनाले ज्यान गुमाएका छन ।