दिल्लीमा मदिरामा ७० प्रतिशत अतिरिक्त शुल्क लगाउदा पनि भिड राेकिएन

everest kitchen
मदिराको लागि लाई । फाेटाे:हिन्दुस्थान

ऐजेन्सी । भारतका नयाँ दिल्लीमा मदिरामा ७० प्रतिशत कर लगाउदा पनि भिड राेकिएकाे छैन । मंगलबार देखि देखि लागस हुने गरि ७० प्रतिशत अतिरिक्त काेराेना शुल्क लगाईए पनि मदिरा पसलमा अत्याधिक भिड देखिएकाे हाे ।

साेमवार लकडाउनलाई केहि सहज बनाउने भन्दै सरकारले मदिरा लगायतका पसलहरु खाेल्न दिएपछि खरिद पसलमा अत्यधिक भिड लागृकाे थियाे । केहि स्थानमा प्रहरीले पसल समेत बन्द गर्नु परेकाे थियाे । भिड नियन्त्रण गर्ने उद्देश्यले सरकारले मदिरामा अतिरिक्त ७० प्रतिशत शुल्क लागु गरेपनि भिड नराेकिएकाे बताएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण आर्थिक रुपमा सरकारलाई पुगेको नोक्सानीलाई यसबाट उठ्ने राजस्वले केही हदसम्म सहयोग गर्ने अपेक्षा पनि गरिएकाे छ ।

मदिराका पसल खाेलिएपछि भारतमा केहि स्थानमा भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेकाे भिडियो समाजिक सञ्जालमा भाईरल भएका छन । बिबिसी हिन्दी