मलेसियामा समस्या परेका नेपालीलाई दुतावासले खाद्यान्न उपलब्ध गराउने

everest kitchen

मलेसिया । कोरोनाको माहामारी नियन्त्रण गर्न मलेसियन सरकार लागू गरेको मुभमेन्ट कन्ट्रोल अर्डर र नेपाल सरकारले लागू गरेको लकडाउनको कारण मलेसियामा करार अबधी सकिएर पनि नेपाल जान नपाएका नेपाली श्रमिकहरुलाई नेपाली दुतावास मलेसियाले खाद्यान्न उपलब्ध गराउने भएको छ ।

यदि करार अबधी सकिएर नेपाल जान नपाएका नेपाली श्रमिकहरुलाई खाध्यान्नको समस्या भएमा कम्पनीसंग कुरा गरि उपलब्ध गराउने र कम्पनीले उपलब्ध नगराए दुतावाससंग कोष रहेकोले दुतावासले नै खाध्यान्न उपलब्ध गराउने हिमाल टाईम्ससंग टेलीफोन बार्तामा कुरा गर्दै मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले बताएका हुन् ।

साथै दुतावासको तर्फबाट नेपाल सरकारलाई नेपाली श्रमिक फर्काउनको लागी पत्रचार गरिसकेको तर नेपाल सरकारले कुनै निर्णय नगरेको र नेपाल सरकारले अन्तराष्ट्रिय उडान नखुलाएसम्म श्रमिकहरु नेपाल जान सम्भब नभएको राजदुत पाण्डेले जानकारी गराए ।
त्यसैगरि मुभमेन्ट कन्ट्रोल अर्डरको कारण कम्पनी बन्द भएर ड्युटी नपाएका श्रमिकहरुले पनि बेसिक तलब पाउने बताएका छन । यदि कसैले बेसिक तलब नपाएको भए दुतावासमा जानकारी गराउन पनि आग्रह गरेका छन ।

थप जानकारीकाे लागि भिडियो हेर्नुहाेस