ताप्लेजुङका यम लिम्बूको मलेसियामा मृत्यु

everest kitchen
मृतक लिम्बु । photo by : rajendra waiba

क्वालालम्पुर । मलेसिया  कोताकिमिनिङ सेलाङगरमा एक नेपालीको आकस्मित मृत्युु भएको छ ।

ताप्लेजुङका यम लिम्बुको आज बिहान आफ्नै होस्टेलमा मृत्यु भएको हो । बिगत ७ बर्ष देखि मलेसियामा अबैधानिकरुपमा बस्दै आएका थिए । हाल कोताकिमिनिङ सेलाङगतमा वाइएसके फ्रेश मार्टमा कार्यरत रहेको थियो ।

मे ५ तारीख रातिको खाना आफैले खाना पकाएर सबैलाई खुवाए पछि पेट दुख्यो भन्दै आफ्नो कोठामा सुत्न गएका लिम्बू बिहान ड्युटिमा आउन ढिला गरे पछि मे ६ तारीख बिहान ४ बजे साथीहरुले उठाउन जादा ढोका नखोले पनि ढोका फोडेर हेर्दा ओछ्यानमा बान्ता गरेको र हातको औला मात्र चलिरहेको अबस्था थियो । कम्पनीलाई जानकारी गराए पछि एम्बुलेन्स बोलाएको थियो । एम्बुलेन्स आईपुग्दा उन मृत्यु भइसकेको संगै कार्यरत उनका एक साथिले बताए ।

पोस्टमार्टमको रिपोर्टमा मुटुमा रक्तसंचारमा अबरोध भएर मृत्यु भएको जनाएको छ ।