पानी जहाज कार्यालयले १ कराेड ४३ लाख ९८ हजार बराबरको गाडि किन्दै

everest kitchen
photo file

काठमाडौं । काेराेना महामारीकै बिच सरकारकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार गाडी खरिदको लागि कम्पनी छनोट गरेको जानकारी दिएको छ ।

कार्यालयले १ करोड ४३ लाख ९८ हजार बराकरको चार पांग्रे एसयूभी गाडी किन्न लागेको सुचनामा उल्लेख गरिएकाे छ ।

सुचना अनुसार कार्यालयले काठमाडौंकाे नयाँ नैकाप स्थित सिप्रदी ड्रेडिङ प्रालिलाई छनाेट गरेकाे छ ।

काेराेना भाईरस( कोभिड-१९)विरुद्ध लड्न सरकारले बिभिन्न १४ शीर्षकमा खर्च प्रतिवन्ध गरेकै अवस्थामा उक्त कार्यालयले सुबिधाकाे गाडी खरिद गर्ने तयारी गरेकाे हाे ।