साप्सू खाेलाकाे पानी

श्रीराम राई

लघुकथा – साप्सू खाेलाकाे पानी
– श्रीराम राई

` ल छिटो गर । ढिलाे भए गाली खाइन्छ ।´ ऊ सधैं हतारिन्थ्याे र श्रीमतीलाई हतारकाे जीवनमा अभ्यस्त बनाउन खाेज्थ्याे । छिटोभन्दा छिटो काममा जानू र हतारहतारमा घर फर्किनु उसको दिनचर्या हुन पुगेका थियोे ।

दिउँसो एकछिन विश्रामपछि श्रीमती टेलिभिजन हेर्छिन् अनि बच्चा सम्हाल्छिन् । साँझबिहान नियमित जीवन यथावत् नै थियो ।उनीहरू व्यस्ततामै जीवन काे खाेजी गर्दै छन् । सुखकाे खाेजीमा शहर पसेका उनीहरू भीडमा हराएका छन् । उनीहरू कमिलाकाे जीवन बाँच्दै छन् ।
`कति दाैडिनु परेको तपाईंलाई । कहिलेकाही त घरपरिवारका लागि पनि समय निकाल्नुस् न ।´ ऊ श्रीमतीको सनातन गुनासो सुनिरहन्छ ।
ऊ शहरको विशेषता बताउँछ, ` दाैडिनु नै शहरको माैलिकता हाे । यहाँ दाैडिन सक्नेले संसार जित्छ , नसक्नेचाहिँ पछारिन्छ ।´श्रीमतीले खुइय्य सुस्केरा छाेड्दै भनिन् , `बरु यहाँभन्दा त पहाड नै ठिक थियो । याे बाग्मतीकने फाेहाेर र धुवाँधुलाेकाे शहरभन्दा हाम्रो साप्सू खाेला नै कति मीठो थियोे ।´
कुनै दिन शहरलाई सुखकाे प्रतीक ठान्ने श्रीमतीकाे बाेली सुनिरहन्छ ऊ ।
एकनास माैनता छाउँदै थियोे । मानाै मुखले केही नभने पनि अाँखाले केही भनिरहेको थियोे ,` साप्सूकाे खाेलाकाे मीठो पानी सम्झेर कसरी तिर्खा मेटिन्छ यहाँ ?´
उसले श्रीमतीलाई साेध्याे, `साँच्चि शहर अाउने कसले जाेड गरेको थियोे ?´