दाङमा लकडाउनका क्रममा लागूऔषध सहित २ जना पक्राउ

everest kitchen
photo file

दाङ । घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लमही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती गाउँपालिका-३ बस्ने २४ वर्षीय  देबेन्द्र बिक रहेका छन् ।  उक्त स्थानमा खटिएको प्रहरीले रा.३ प ८७५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक चौधरी र मोटरसाइकलमा सवार देबेन्द्रलाई पक्राउ गरेको हो

उक्त घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।