जेठ ५ गतेसम्म लकडाउन थपिएसंगै सरकारले आर्थिक क्षेत्रमा खुकुलो

everest kitchen
Photo:file

काठमाडौं । सरकारले जेठ ५ सम्मका लागि लकडाउन थपे पनि आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापमा भने लचिलो नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रको गतिविधिका लागि विभिन्न व्यवस्था गरी ती क्षेत्रमा लकडाउन खुकुलो हुने व्यवस्था गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि सञ्चालनमा आयका उद्योगहरु सूची यसप्रकार छ :-
१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु -लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

यधपी सरकारले काठमाडौं उपत्यका प्रवेशमा भने कडाइ गर्ने भएकाे छ । मालवाहक सवारी साधनमा यात्रु राख्न नपाइने निर्णय गरेको छ । थप प्रवेश विन्दुमा यस्ता सवारी साधनका चालक र सहयोगीको नाम, जन्म मिति, काठमाडौं प्रवेश गरेको र फर्किएको मितिसहितको विवरण राख्ने र सवारी साधन फर्किएर जाँदा सोही विवरणको व्यक्ति भए, नभएको जाँच्ने निर्णय भएको छ । झूटो विवरण दिई यात्रा गरेको पाइए सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिनेछ । अनधिकृत व्यक्ति कुनै पनि ढुवानीका साधन उपयोग गरेर प्रवेश गर्ने र निस्कने स्थिति नरहोस् भन्न यस्तो निर्णय गरिएको मन्त्री खतिवडाले प्रस्ट्याए । एम्बुलेन्स दुरुपयोग गर्नेलाई पनि कारबाही गर्ने निर्णय भएको छ ।