छिमेकीलाई खुकुरी प्रहार गरी घाइते

everest kitchen


काठमाडौं । छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय बिजय तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ भृकुटी पाखास्थित खाली डाँडामा विद्युत मर्मत पेशा गर्ने उनीहरुबीच मोबाईलको बिषयमा बिवाद हुँदा बिजयले २ जनालाई खुकुरीले प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले  बिजयलाई पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट घाइते भएका एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा र अर्को एक जनाको बिजयपुर अस्पताल धरान सुनसरीमा उपचार भइरहेको छ ।