काेराेना : मलेसियामा बिहिवार मर्नेकाे सङ्ख्या शुन्य, नेपाली सहित थप ३९ नयाँ संक्रमित

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण  आज बिहीबार   एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३९ जना रहेकाे छ । नयाँ संक्रमित मध्ये ९जना नेपालीहरु रहेका छन ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०७ रहेकाे छ । हालसम्म ६ हजार ४६७ जनामा संक्रमण रहेकाेमा ४ हजार ७७६ जनाले स्वास्थ्य लाभ गरेका छन भने, “१९ जना गम्भीर बिरामी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ६५ हजार २४४ रहेकाे छ भने संक्रमितको सङ्ख्या ३८ लाख ३४ हजार ३३६ जनामा संक्रमण रहेकाे छ । १३ लाख ६ हजार ६३३ जनाले स्वास्थ्य लाभ गरेका छन ।

यस्तै मलेसियामा आज देखि एमसिओ खुकुलो पारिएकाे छ । एमसिओ खुकुलो भएसंगै रेष्टुरेन्ट , पसल , कारखाना, रेमिट्यान्सहरु सञ्चालनमा आएका छन ।

मलेसियामा हालसम्म १८ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । भने तीन जनाले स्वास्थ्य लाभ गरि सकेका छन । बांकी स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएको छ ।