लापरबाही गरेर एम्बुलेन्स चलाउदा दुर्घटना

everest kitchen


काठमाडौ । काठमाडौंकाे गाैशलामा एक एम्बुलेन्स र कारलाई ठक्कर दिदा कार चालक घाईते भएका छन ।

बिहीबार दिउँसो गाैशलाचाेक नजिकै मित्रपार्कमा ग्राण्डि हस्पिटलाे बा १० च ८५१३ नम्बरकाे कारलाई बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएकाे प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक गोंगबु बस्‍ने २९ वर्षीय सविन श्रेष्ठ सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार एम्बुलेन्स चालक लाईसेन्स पनि नभएकाे र मापसे गरेर चलाएकाे अांशका गरिएकाे छ । ३६ वर्षीय एम्बुलेन्स चालक रामबहादुर चौधरीलाई गाैशला प्रहरीले नियन्त्रणमा लिएकाे छ ।