काेसी अस्पतालबाट ८ जना काेराेना संक्रमित डिस्चार्ज

everest kitchen
Photo file

काठमाडौं । काेसी अस्पताल विराटनगरमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार दिउँसो डिस्चार्ज भएका गरिएको हो । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका छन ।

उनीहरुसंगै काेसी अस्पतालमा डिस्चार्ज हुनेकाे सङ्ख्या १४ भएपनि २ जनामा पुनः काेराेना देखिएकाे थियाे ।

याे संगै नेपालमा निकाे हुनेकाे सङ्ख्या २७ रहेकाे छ ।