चिनियाँ नागरिक र प्रहरी बिच झडप हुदा ८ जना घाइते

everest kitchen
Photo: facebook

काठमाडौं । घर फर्कन माग गर्दै सिंहदरबार अगाडि धर्ना दपन आएका चिनियाँ नागरिक र प्रहरी बिच झडप भएकाे छ । चिनियाँ नागरिकले निषेधित क्षेत्रमा आएपछि झडप भएको हाे ।

जुलुस सहित आएका चिनियाँ नागरिकलाई राेक्न खाेज्दा झडप भएकाे र झडपमा परि दुई चिनियाँ नागरिक र ६ जना प्रहरी घाईते भएकाे प्रहरीले बताएकाे छ ।

करिब २० जनाभन्दा बढी रहेका उनीहरु ‘वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडी धर्ना बसिरहेका छन् ।

केही दिन अघि पनि चिनियाँ नागरिकहरुले पर्यटन बाेर्डमा आफुहरुलाई घर जान दिन माग गर्दै ध्यानाकर्षण गराएका थिए ।