१५ हजार ४ सय ९२ मा पिसिआर परिक्षण गर्दा १ सय २ मा काेराेना संक्रमण

everest kitchen

काठमाडौ । १५ हजार ४ सय ९२ मा पिसिआर परिक्षण गर्दा १ सय २ मा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नयाँ तथ्यांकअनुसार आज नेपालगन्जमा एक १६ बर्षीया किशोरमा काेराेना संक्रमण पुष्टि भएपछि संक्रमित सङ्ख्या १ सय २ पुगेकाे हाे ।

हालसम्म नेपालमा पिसिआर बिधिबाट १५ हजार ४९२ र आरडिटि बिधिबाट ५४ हजार ५३१ जनाकाे काेराेना परिक्षण गरिएकाे छ ।

जम्मा संक्रमित मध्येबाट हालसम्म ३० जना डिस्चार्ज भएपनि ३ जनामा पुनः संक्रमण देखिएकाे छ ।