संसदमै बाबुराम भट्टराईकाे प्रधानमन्त्री ओलीलाई राजिनामा दिन आग्रह

everest kitchen

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीमा नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन आग्रह गरेका छन । उनलेे संसदकाे बजेट अधिबेशनकाे शुक्रबारकाे बैठकमा यस्ताे आग्रह गरेका हुन ।

उनले बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अशक्त  शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।  संसदमा बाेल्दै भट्टराईले प्ररधानमन्त्री ओलीले आत्मनिरिक्षण र आत्मआलाेचना गर्न थाल्नु भएकाे हाे, भने नयाँ ढंगले आगाडि बढयाैं । नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरेर जानुपर्ने भट्टराईले तर्क गरेका थिए ।

भट्टराईले प्रधानमन्त्री ओलीले पार्टी फुटाउने गरि ल्याएकाे अध्यादेश गलत थियाे, फिर्ता लिनु भयाे ठिक गर्नु भाे तर नैतिकता भने सकियो । त्यस्तै सांसद अपहरणकाे मुद्दा नलिनु र फेरि पिडितलाई नै मुद्दा हालेर मुद्दा बराबर गराैं भनेर अप्रत्यक्ष रुपमा भन्नु उत्पिडन कायम गर्न खाेजेकाे संकेत गरेका छन ।