लकडाउनमै माेटरसाईकलले ठक्कर दिदा एक महिलाकाे मृत्यु

everest kitchen
photo :file

माेरङ । माेरङमा एक  पैदल यात्रीलाई माेटर साईकलले ठक्कर दिदा ४० बर्षीया एक महिलाको मृत्यु भएकाे ।

माेरङ कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा को.२५ प ३८८९ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा  बेलबारी नगरपालिका-८ बस्ने पैदलयात्री ४० वर्षीया शान्ता राजवंशीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।