लकडाउनमा पनि राेकिएन सडक दुर्घटना , शुक्रबार मात्रै ३ जनाकाे मृत्यु

everest kitchen

काठमाडौं । काेराेना भाईरस नियन्त्रण गर्न सरकारले देशभरि लकडाउन गरेकाे छ । यस्ताे बेला सवारीसाधन पनि कमै मात्रमा चल्ने गर्छन । यधपी लकडाउन जारि भैरहेकाे अवस्थामा पनि सडक दुर्घटना भने राेकिएकाे छैन । यसअघि देखि नै लकडाउनकै क्रममा सडक दुर्घटनामा ज्यान गुमाउनेहरु बढ्दै आएका थिए । हामीलाई प्राप्त जानकारी अनुसार आज शुक्रबार पनि विभिन्न सडक दुर्घटना ३ जनाले ज्यान गुमाएका छन ।

बारा, महागढीमाई नगरपालिका-१० स्थित सडकमा ना.४६ प ३६५९ नम्बरको मोटरसाइकल कलभर्टमा ठोक्किएर बिहीबार राति दुर्घटना भई लडिरहेको अवस्थामा पुन प्र.२-०३-००१ च ४८४ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने २५ वर्षीय  पशुराम प्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका उनलाई उपचारको लागि कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका-१४ सोल्टी मोडमा बा.२१ च ४३४७ नम्बरको कार र बा.७२ प ८१७२ नम्बरको मोटरसाइकल शुक्रवार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ वेलबारी कानेपोखरी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गेलालको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै माेरङमा एक  पैदल यात्रीलाई माेटर साईकलले ठक्कर दिदा ४० बर्षीया एक महिलाको मृत्यु भएकाे ।

माेरङ कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा को.२५ प ३८८९ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा  बेलबारी नगरपालिका-८ बस्ने पैदलयात्री ४० वर्षीया शान्ता राजवंशीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।