लघुकथा – “परदेशबाट”

आचार्य प्रभा

लघुकथा – “परदेशबाट”

आचार्य प्रभा
उ न्युरोडको गेटबाट बीर हस्पिटलतर्फ गई रहेको थियो।बाटामा तन्ना ओछ्याएर भुईंभरी किताबहरु छरपष्ट गरेर केही ब्यापारीहरुले पुस्तक बिक्री गरिरहेका थिए ।उस्ले एउटा पसलमा गएर यसो हेर्यो पुस्तकहरुको भिंडमा आफ्नो पुस्तकहरु पनि धुलोसरी बिछ्याएको देख्यो।उ टुक्रुक्क बस्यो र आफ्नो पुस्तक के उठाउन मात्र लागेको थियो।त्यो ब्यापारीले फ्याट्टै भनी हाल्यो।
“सर त्यो होईन यो लैजानु होस्।”भन्दै एउटा नंग्न तस्बिर भएको पुस्तक झिक्यो र थम्याउँन खोज्दै भन्यो।”हजुर आजकल त्यस्ता बौद्धिक र आध्यात्मिक किताबहरु कहाँ बिक्रि हुन्छन् र? यी हेर्नुहोस्अहिले खुब यो किताबले मार्केट लिएको छ दिनमा पच्चिस वटासम्म मैले बिक्री गर्दैछु।”
पसलेको कुरा सुनेर उ चकित र निरश बन्यो र सोंच्यो। जुन पुस्तकमा उस्ले परदेशको पीडाबारे लेखेको थियो।त्यही पुस्तकको यस्तो हालत?फेरि उ सोंच्न बिवश बन्यो ।”हो हुन त अहिलेको समयमा बौद्धिकता र आध्यात्मिक कुराको के महत्व हुन्छ र?समय अनुसार चल्न जान्नु पनि फाईदाकै कुरा हो।”फेरि उस्ले झट्ट मन फेर्यो र सोंच्यो ।मलाई क्षणिक फाईदा र रसरङ्गको कुराभन्दा दिर्घकालिन काम नै मन पर्छ।अँह!म त्यस्तो कार्य गर्नै सक्दिन।”
यति सोंचेर उस्ले आफैद्वारा लिखित कविता संग्रह “परदेशबाट”पच्चीसवटा टिप्यो र पैसा बुझाएर आफ्नो बाटो लाग्यो।